भारतीय तीर्थालु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते
नवलपरासी | माघ ७, २०७९
नवलपरासीः भारतीय तिर्थालु सवार बस पश्चिम नवलपरासीमा बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् ।
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडकखण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी१६एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना भएको हो ।
सब सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
घाइतेहरूको जिल्ला अस्पताल परासी पठाइएको इलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए ।
घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए ।
बसका चालकसमेत घाइते भई उपचाररत रहेका र घटनाको अनुसन्धान सुरु भएको उनको भनाइ छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

